काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा ३ हजार ७४१ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिनु भएको छ ।
डा. गौतमका अनुसार हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको छ भने देशका विभिन्न क्वारेन्टिनमा २२ हजार ६६२ जना रहेका छन्।
गत २४ घण्टामा ५८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ छ। आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या ५ हजार ९ सय २३ छ। कोरोना संक्रमणबाट नेपालमा हालसम्म ४० जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार मुलुकका विभिन्न ८ जिल्ला कोरोनामुक्त भएका छन्। उहाँका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला कोरोना शून्य भएको छ । प्रवक्ता गौतमका अनुसार रौतहट, कैलाली र बाजुरामा भने पाँच सयभन्दा बढी संक्रमित रहेका छन्।



















