काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सउ ६७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जाकारी अनुसार आज थपिएका समेत गरेर नेपालमा संक्रमितहरुको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको भएर पछिल्लो २४ घन्टामा २ सय १३ जना डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको छ ।
त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३९ रहेको छ ।



















