काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको जानकारी अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थपिएका ५ सय ८६ जनामध्ये ४० जना महिला छन् भने ५ सय ४६ जना पुरुष छन् ।
आज थपिएका समेत गरेर नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
जसमध्ये संक्रमित पुरुषको सङ्ख्या ६ हजार ५ सय ७८ रहेको छ भने महिलाको सङ्ख्या ५ सय ९९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ ।
नेपालमा बुधबारसम्ममा २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।



















