काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको नियिमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय १७ जना कोरोना संक्रमणमुक्त भएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन्।
हालसम्म १ हजार १ सय ५८ जना उपचारपछि निको भएका छन्। हालसम्म १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।



















