काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ सय ७५ पुरुष र ५० जना महिलामा संक्रमण देखिएको छ ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी मोरङका २५, सुनसरीका १ जना, झापाका १ जना, सप्तरीका १० जना, पर्साका १७ जना, बाराका ९ जना, सर्लाहीका ६ जना, रौतहटका ७ जना, नवलपरासी पूर्वका २ जना, बझाङका ५ जना, डडेल्धुराका २४ जना, डोटीका ३ जना, कैलालीका १२ जना, कञ्चनपुरका २० जनामा कोरोना संक्रमण पाइएको छ।
त्यस्तै बर्दिया र बाँकेका ३/३ जना, रुकुम पश्चिमका १ जना, प्यूठानका २ जना, दाङका ५४ जना कोरोना संक्रमण पाइएको छ।
त्यस्तै रौतहटका ४९ जना, धनुषाका १ जना, रामेछापका २ जना, गुल्मीका ८ जना, नवलपरासी पश्चिमका २ र रुकुम पश्चिमका २० जनामा कोरोना संक्रमण पाइएको छ भने पाल्पाका १७ जनामा कोरोना संक्रमण पाइएको छ।
त्यस्तै सुर्खेका ४० जना, दैलेखका २९ जना र सिन्धुलीका १ जनामा कोरोना संक्रमण भेटिएको छ।
यस्तै धादिङका २५ जना, रुपन्देहीका ६ जनामा संक्रमण पुष्टि भएको छ।
प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ। पछिल्लो पटक रुकुम पश्चिम थपिएको छ। हालसम्म नेपालमा कोरोनाका विरामीहरु ९७४ निको भएर डिस्चार्ज भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।



















