काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय २३ जना कोरोना भाइरसका संक्रमितहरु थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय २३ जना कोरोना संक्रमित थपिएको र उनीहरुमध्ये २ सय ९२ जना पुरुष र ३१ जना महिला रहेका छन् ।
आज थपिएका समेत गरी नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८८ पुरुष र ८ महिला गरी ९६ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।



















