काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका ३ सय १४ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।
त्यस्तै नेपालमा हालसम्म ४ सय ८८ जना उपचारपछि निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ।



















