काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप ३ सय २३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
थपिएका संक्रमितमध्ये २८६ पुरुष र ३७ जना महिला रहेका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
शनिबार थपिएका संक्रमितहरुमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका २ र सुनसरीका ४ जना छन् भने यस्तै कोशी अस्पतलाको प्रयोगशालामा सप्तरीका एक जनाको पोजेटिभ आएको छ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासीका ३ जनामा कोरोना संक्रमण देखिएको छ भने भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १२ र बर्दियाका २८ जनामा पनि कोरोना संक्रमण देखिएको छ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको कास्कीका ३ जना, स्याङ्जाका १० जना, बाग्लुङका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ।
त्यस्तै धरानको प्रयोगशालामा सुनसरीका १ र सप्तरीका ७ जनामा पनि कोरोना पोजेटिभ आएको छभने सेती अस्पतालको प्रयोगशालामा बझाङका ६ जना, कञ्चनपुरका २, अछामका १ जना, कैलालीका २ जना, डडेल्धुराका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा दैलेखका ४३ जना र डोल्पाका १ जनामा पनि कोरोना पोजेटिभ आएको छ भने सुर्खेतको प्रयोगशालामा दैलेखका ४, सुर्खेतका १० जना, जाजरकोटका ४ जना, सल्यानका ३८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
प्रवक्ता डा. देवकोटाका अनुसार रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका १, कपिलवस्तु ११, नवलपरासी २, रुपन्देही ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२० जना कोरोना संक्रमित पुष्टि भएका छन्। उनीहरुमध्ये भक्तपुरका १, धनुषा ८, कपिलवस्तु ३९, काठमाडौं ४, महोत्तरीका ३५, रौतहटका ६, सर्लाहीका २७ जना छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३२ जना पूर्णरुपमा निको भएर घर फर्किएका छन् । यससँगै डिस्चार्ज हुनको संख्या ३६५ जान पुगेको छ।
नेपालमा कोरोनाका कारण शनिबार दिउँसोसम्म ज्यान गुमाउनेको संख्या १३ जना पुगेको छ ।




















