काठमाडौँ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनिययनका कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष भोला पोखरेलले सम्हाल्नुभएको छ । युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल उपसचिवमा बढुवा भएपछि बैठकले उहाँलाई जिम्मेवारी दिइएको युनियनका सदस्य कुमार तिमिल्सेनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपसचिवमा रहेका कर्मचारीलाई ट्रेड युनियन अधिकार नभएकाले पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । निजामती सेवा ऐन २०४९ को दफा ९५३० को ९क०मा शाखा अधिकृतस्तरसम्म मात्र ट्रेड युनियनको अधिकार रहेको छ । युनियनका अध्यक्ष ढकाल गत चैत ९ गते सो पदमा बढुवा हुनुभएको थियो ।
विसं २०७३ जेठ १९ गते भएको निर्वाचनबाट चुनिएको युनियनको चारवर्षे कार्यकाल यही जेठ १८ गते सकिँदैछ । कोभिड–१९ को कारणले तत्काल निर्वाचन गर्न सम्भव नभएकाले युनियनको निर्वाचनसम्बन्धी विधानको दफा ९२४० ले विशेष परिस्थितिका कारण एक वर्ष म्याद थप्न पाउने व्यवस्था उल्लेख भएकाले म्याद थप हुने युनियनका सदस्य तिमिल्सेनाले जानकरी दिनुभयो ।




















