काठमाडौं । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले सो निर्णय गरेको अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिनु भएको छ ।
त्यस्तै, सरकारले अतिआवश्यक काम विना घरबाहिर ननिस्कने आम जनतामा आग्रह गरेको छ भने एउटा स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने पनि निर्णय पनि गरेको छ ।
उक्त निर्णय आगामी वैशाख १८ गतेसम्म लागु हुने समितिले जनाएको छ ।