काठमाडौं । रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन् । शनिबार राजधानीमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा पन्त उत्कृष्ट घोषित भएका हुन् ।
कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए।
पन्तले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्।
युट्युबमार्फत यसअघि नै परिचित भइसकेका प्रतिभा पन्तले खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाउँदै आएका थिए । उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए।
‘कमेडी च्याम्पियन’ शोको फाइनलिस्टमा सुनसरीका सुमन कोइराला र रोल्पाका खड्गबहादुर पुनमगर पनि थिए।
विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए।
‘कमेडी च्याम्पियन’ को दोस्रो संस्करणको घोषणा भण्डारीले यसअघि नै गरिसकेका छन् ।