काठमाडौं । डिएआर मुभिजले झिल्के गायक नबराज घोरासैनी र आँसु मगरको स्वरमा सजिएको झम्के सांझै लोक दोहोरि गीत बजारमा ल्याएको छ ।
डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट बजारमा आएको झम्के सांझैमा लय र शब्द माधब बहादुर थापाको छ भने संगीत संयोजन हेमन्त शिशिरको रहेको छ ।
काजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा जीवन खड्का, अलिना देउजा, लोमश शर्मा, कजिश श्रेष्ठले अभिनय गरेका छन् । भिडियो अजय रेग्मीले खिचेका छन, भने दिपक बिष्टले सम्पादन गरेका छन् ।