काठमाडौं । धुर्मुस–सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ । पारिवारिक र राजनीतिक विषय वस्तुमा आधारित चलचित्र ‘सेन्टी भाइरस’ लाई रामबाबु गुरुङ निर्नेशन गरेका हुन् । श्रीमान/श्रीमतीको घर झगडा, फरक पार्टीमा आवद्ध हुँदा आउने समस्यालाई उठान गरेको गरेको चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल लगायतले अभियन गरेका छन् ।
फागुन ९ गतेबाट प्रदर्शनमा आउँने यो चलचित्र डिन्डु लामाको लगानीमा बनेको छ भने फुर्पा होल्मो सह–निर्माताको रूपमा रहेका छन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । चलचित्रबाट आएको नाफाको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।
यसैबीच सो चलचित्रको प्रमोसनका लागि जगदम्बा सिमेन्टले १० लाख सहयोग गरेको छ । चलचित्र ‘सेन्टी भाइरस’ को मिडिया प्रमोसनको निमित्त ‘गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारा सहित जगदम्बा सिमेन्टले १० लाख बराबरको मिडिया प्रमोसनको निमित्त सहयोग गरेको बताइएको छ ।
समाज सेवामा समर्पित धुर्मुश सुन्तली फाउण्डेसनले राष्ट्रमा अत्याधुनिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण उद्देश्यले थालिएको यस अभियानमा जगदम्बा सिमेन्टले मिडिया प्रमोसन मार्फत सरिक भएको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, नेपालमा बढ्दो क्रिकेट क्रेज अझ व्यवस्थापन तथा प्रबद्र्धन गर्न महत्वपूर्ण कोसेढुङ्गा साबित हुने जगदम्बा सिमेन्टले जनाएको छ ।
राष्ट्र र समाजमा योगदान पु¥याउनुहुने व्यक्ति तथा संस्था सबै प्रति जगदम्बा सिमेन्टको सदैब साथ, सहयोग र सद्भाव रहिरहने जनाएको छ ।