काठमाडौं । नायिका प्रियंका कार्कीले आफ्नो विवाह फागुन महिनामा हुने पक्का भएको बताएकी छिन् । ज्योतिषीले फागुन १७ गते राम्रो दिन भनेको बताउँदै नायिका कार्कीले सोही दिन गर्ने गरी तयारीमा जुटेको बताएकी छिन ।
सधै काम भनेर बिहे पछि सार्दा सार्दै बिहे नै नहुने अवस्था आएको बताउँदै नायिका कार्कीले सधै हुन् कामलाई थाँती राखेर अब चाहिँ विवालाई प्राथमिकतामा राखेको बताएकी छिन् ।
नायक आयुष्मान देशराज जोशीसँग एक वर्ष भन्दा अघि इन्गेजमेन्ट भएपछि समय नमिलेर बिहेको मिति पछि सार्दै आएको नायिका कार्कीले बताएकी छिन् ।
केही दिन अगाडि एक साता लामो ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी नायिका कार्कीले आफ्ना नजिकका साथीहरुसँग त्यहाँ निकै मस्ति गरेको फोटोहरु सार्वजनिक गरेकी थिइन् । उनको ब्याचलर पार्टीले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा समेत निकै चर्चा बटुलेको छ ।