अमेरिकामा आइतबार आयोजित ६२ औं ग्रामी अवार्डमा थुप्रै सेलिब्रिटी संगीतको उत्सव मनाउन र स्टाइलको आफ्नो भिन्न शैली प्रदर्शनका लागि उपस्थित भएका थिए ।
प्रत्येक वर्ष आयोजना हुने उक्त थुप्रै सेलिब्रिटीले रेड कार्पेटमा ‘ग्रान्ड इन्ट्रान्स’ गरे ।
सो कार्यक्रममा बलिउड नायिका प्रियंका चोपडा श्रीमान् निक जोनससँग उक्त कार्यक्रममा सहभागि भएकी थिइन् । प्रियंका निकै खुलेको गाउनसहित रेड कार्पेटमा उपस्थित भइन् । उनको गाउनको नेकलाइन असाध्यै खुल्ला थियो जसमार्फत् उनको नाइटो छेडिएको पनि देखिएको थियो ।
रेड कार्पेटमा निकै हट देखिएकी प्रियंकाले हेलिकप्टर दुर्घटनामा परेर निधन भएका बास्केटबल खेलाडी कोबी ब्रयानलाई श्रद्धाञ्जली दिइन् ।
समारोहमा युवा अमेरिकन पप सिंगर विली एलिसले ५ वटा अवार्ड जिते । १८ बर्षका विली यो बर्ष अवार्ड जित्ने सबैभन्दा कान्छा प्रतिस्पर्धी थिए । यस्तै, गायिका लेडी गायाले २ वटा जितिन् । यो सँगै उनले आफ्नो हालसम्मको करिअरमा ११ वटा ग्रामी अवार्ड जितेकी छिन् ।