काठमाडौं । नेपालमा रहेका कोरियन संस्कृति र संगित पारखिहरुका लागि सामसङले ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ ल्याएको भएको छ । सामसुङले ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ नेपालमा ल्याउने घोषणा गरेको हो ।
कम्पनीका अनुसार ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ मार्फत सामसङको ए८० सिरिजका चार–चार वटा फोन एकैपटक जिल्न सक्ने अवसर समेत ल्याएको छ । त्यतिमात्र नभई यसका सहभागि १० टिमले ५÷५ हजार रुपैयाँ भन्दा बढीका गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने कम्पनीको भनाई छ ।
आगामी पुस १२ गते राजधानीमा हुन लागेको कोरियन म्युजिक डान्समा सहभागिता जनाउनकालागि सहभागिता जनाउन चाहने ब्यक्ति वा समूहले कुनै पनि के पप सङ मा १ मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारीक वेवसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्ने छ । त्यसकालागि कम्पनिले आगामी शुक्रबारसम्मको समय उपलब्ध गराएको छ ।
यसरी उपलब्ध गराउनेहरु मध्ये निर्णायक मण्डलले २२ डिसेम्वरमा १० ब्यक्ति÷टोलीको छनौट गर्ने छ । यसरी छनौट गरिएका १० प्रतिष्पर्धीले सामसङ नेपालका तर्फवाट ५÷५ हजार भन्दा बढीको गिस्ट ह्याम्पर प्राप्त गर्नेछन् भने प्रतिष्पर्धाको दोस्रो चरण पुस १२ गते आयोजना हुने फाइनल राउण्डमा ४ सय भन्दा बढी दर्शककावीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर प्राप्त गर्नेछन् । त्यसक्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागी दर्शकले समेत विभिन्न खालमा ग्रिफ्ट प्राप्त गर्नेछन् । फाइनलमा पुगेका १० टिम मध्ये टप थ्रि मा पर्ने टिमलाई सामसङ नेपलका तर्फवाट बिशेष पुरस्कार प्राप्त हुने छ । जसमा प्रथम हुने टिमलाई चार सेट सामसङ ए८० फोन, दितिय हुनेलाई सामसङ ए५०एस र तृतिय हुनेलाई सामसङ ए३०एस फोन सेट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
के पप विदेशी बजारमा निकै प्रचलित कोरियाको संस्कृति झल्काउने सांगितक कार्यक्रम हो । नेपाली बजारमा रहेका गित÷संगितका प्रेमीहरुलाई पनि त्यो अवसरमा सहभागिता जनाउने, आफ्नो कला देखाउने र यस्ता गित÷संगितप्रति इमोसनल्ली एट्याच हुने अवसर सृजनागर्ने उद्धेश्यले सामसङले यसै बर्षदेखि नेपालमा यो अभियानको शुरुवात गरेको हो । नेपालमा कोरियन गित विगत देखि नै निकै पपुलर पनि छन् ।