काठमाडौं । गायिका सुमिता राईको एल्बम ‘सगुन’ मा समेटिएको गीत ‘कोही भन्छन् फूल मलाई’ को भिडियो सार्वजनिक भएको छ । एक दशकभन्दा लामो समयदेखि वेलायतमा बस्दै आएकी गायिका राईको पहिलो एल्वम उनी नेपाल आएका बेला हालै बिमोचन गरिएको थियो ।
नेपाली संगीत आकाशमा श्रोताका लागि मीठो ‘सगुन’ लिएर सांगीतिक आकाशमा उदाएकी गायिका राईको हालै सार्वजनिक म्युजिक भिडियो ‘कोही भन्छन् फूल मलाई’ गीतका शब्द मुकेश राईले लेखेका हुन् भने गीतमा संगीत बिक्रम राईको रहेको छ । पुरुषोत्तम सुवेदीले गीतको संगीत संयोजन गरेका हुन् ।
सानैदेखि गीत संगीतमा गहिरो अभिरुची भएपनि विविध कारणले एल्बम प्रकाशन गर्न नसकेको उनले बताएकी छिन् । उनको म्युजिक भिडियोमा विभिन्न भेषभुषामा सजिएकी नायिका केकी अधिकारीको नृत्य सुन्दर देख्न सकिन्छ । नेपालको विभिन्न रमणीय ठाँउमा शुट गरिएको भिडियोलाई अकिल बजगाईले छायांकन गरेका छन् भने प्रकाश एसकेले भिडियो सम्पादन गरेका हुन् ।
गोबिन्द राईको कन्सेप्ट तथा निर्देशनमा तयारी पारिएको भिडियो खरुन राईले निर्माण गरेका हुन् । सुमिता राईको आफ्नै अपिÞmसिएल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ ।




















