काठमाडौं । मिस नेपाल श्रृङ्खला खतिवडालाई बज्रग्रुपको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । उनलाई एक बर्षको लागि आफ्नो ब्राण्ड एम्वेसडरमा नियुक्ति गरेको कम्पनीले जनाएको छ ।
सन् २०१८ को विश्व सुन्दरी प्रतियोगितामा उनको प्रतिनिधित्व नेपालको लागि संसारभर विशेष जनप्रभाव पार्ने ऐतिहासिक क्षण बनेको र उनी पेशाले आर्किटेक्ट भएकोले कम्पनीको बाथरुम र निर्माण सामाग्री उत्पादन गर्ने सेनेटरी ब्यवसायसँग सम्बन्धित रहेका कारण ब्राण्ड एम्बेसडर नियुक्त गरेको कम्पनीको भनाई छ । उनी कम्पनीको उत्पादनको बारेमा राम्रो जानकार रहुनको साथै उनको ब्यवसायिक विचार र कार्यशैलीले बजारमा कम्पनीको उत्पादनहरुलाई प्रचार गर्न पनि सहज बनाएको कम्पनीको भनाई छ ।
“बिगत २८ बर्षदेखि बज्र ग्रुपले विविध प्रकारका सेनेटरी उत्पादनहरु वितरण गर्दै आएको छ । जस्तैंः बाथरुमका सामान, सेरामिक टाइल्स, फ्लोर लेमिनेट्स, लाभाटोरिज, सुट, निर्माण सामाग्रीहरु र इसेम्बल्स ईत्यादी । नेपालमा उत्कृष्ट प्रदर्शनको लागी यस ग्रुपले बिभिन्न प्रतिष्ठित अवार्डहरु प्राप्त गरेको छ । बज्रग्रुप देशको सेनेटरी बजार मा ८० प्रतिशत अंश ओगट्न सफल छ ।”ई. श्रृङ्खला खतिवडाले भनिन, “म स्वयं एक आर्किटेक्ट हुँ , मैले बज्रग्रुप को उत्पादनहरु अन्तराष्ट्रिय मापदण्ड को गुणस्तर र सर्वसुलभ भएको पाँए । म विश्वस्त छु कि यस सहकार्यले बज्रग्रुप लाई बजारमा आफ्नो उत्कृष्ट छाप छोड्र्न अझै उर्जा मिल्नेछ ।”