काठमाडौँ । नेपाली चित्रकला क्षेत्रमा अतुलनीय योगदान गरेका मूर्धन्य कलासर्जक किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ प्रदान गरिएको छ ।
पोखराका वरिष्ठ चित्रकला सर्जक क्षेत्रलाल कायस्थले स्थापना गरेको ‘कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान’द्वारा स्थापित सो पुरस्कारको राशि ताम्रपत्रसहित रु. ५० हजार नगद रहेको छ । प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले मानन्धरलाई प्रदान गरेका छन् ।
पाँचदशकदेखि लगातार कला सिर्जना गर्दै आएका मानन्धरकाले नेपाली कलालाई अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट चिनारी दिइराखेको बताइएको छ ।
पुरस्कृत व्यक्तित्व मानन्धरले प्रकृति, हिमाल र जलको उत्कृष्ट सङ्गमस्थल पोखरामा रही कलाकार कायस्थले सिर्जना गरेका छन् । कला आधुनिक पुस्ताका लागि विश्वविद्यालय बन्न सक्ने चर्चा गर्दै आफू पहिलो पटक काठमाडौँदेखि पैदल हिँडेर पोखरा पुगेको मानन्धरले स्मरण गरेका छन् ।
नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कलाकार कायस्थका कलाले पोखराको सौन्दर्यका साथमा मानवीय जीवनका विविध क्षेत्रलाई सटिकरूपमा उतारेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर गुरुङले कलाको माध्यमबाट जीवनलाई उत्साहित बनाउन कलाकार कायस्थका कलाले जोड दिएको चर्चा गर्दै प्रतिष्ठानले पहिलोपटक वरिष्ठ कलाकार मानन्धरलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए ।