भक्तपुर । सिनेमा चेन क्युएफएक्स सिनेमाजले भक्तपुरको भाटभटेनीमा बिहीबारबाट सञ्चालन गरेको छ । रिगल सिनेमाज् प्रा. लि. को लगानी रहेको सो हलमा टिम कोईस्टको व्यवस्थापन रहेको छ ।
ठिमीस्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा रहेको थिएटरमा डिफ्थ क्यू थ्री डि टेक्नोलोजीको प्रयोग गरिएको छ । जुन आफ्नो क्षेत्रमा विश्वव्यापी लिडरको रुपमा रहेको छ यसका साथै तीनवटै स्क्रिनहरुमा डव्वी एटमस साउण्ड टेक्नोलोजी प्रयोग गरिएको बताइएको छ ।
पहिलो पल्ट क्युएफएक्स सिनेमाजको थिएटरमा रिक्लिनर सिटहरुको व्यवस्था गरिएको यो नयाँ मल्टिप्लेक्समा जम्मा ७०२ सिट क्षमता रहेको छ जसमध्ये ४० वटा रिक्लिनर सिटरहेका छन् । क्युएफएक्सले नयाँ चेनमा आफ्नो मोबाइल एप र लोयाट्ली प्रोग्राम ‘गोजी’पनि जारी राखेको छ । साथै क्यासलेस ट्रान्सेक्सनको लागि अनलाइन टिकेटिङ सुविधा पनि उपलब्ध रहेको छ । यो नयाँ मल्टिप्लेक्समा किचेनसहितको फुड कोर्टमा ताजा खानाहरु पनि उपलब्ध हुनेछ ।
नयाँ मल्टिप्लेक्सको इन्टेरियर निकै नै आधुनिक तथा एलिगेस्ट रहेको छ । यो नयाँ तीन स्क्रिनको मल्टिप्लेक्स संचालन संगै क्युएफएक्स सिनेमाजको जम्मा स्क्रिन संख्या २३ पुगेको छ । रिगल सिनेमाज् प्रा. लि. ले नेपालका दुई अरु लोकेशनहरुमा पनि चेन विस्तार गर्ने घोषणा गरेको छ, जसमध्ये बुटवलको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु र विराटनगरको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु पनि तुरुन्तै संचालनमा आउनेछन् ।