काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारमा रहेको ललिता निवासको जग्गा अनियमितिता प्रकरणमा थप ५८ जनालाई बयानका लागि बोलाएको छ ।
जग्गा प्रकरणबारे छानबिन गरिरहेको आयोगले आज एक सूचना प्रकाशन गर्दै सात दिनभित्र उपस्थित हुन भनेको छ । यसअघि अख्तियारले ८६ जनालाई बयानका लागि बोलाएको थियो ।
बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी जग्गा दुरुपयोग प्रकरण केही महिनादेखि चर्चामा छ । यसमा राजनीतिक दलका नेतादेखि उद्यमी तथा व्यापारीहरू जोडिएका छन् ।