काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । नियमित चेक जाँचका लागि बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो ।
नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिब्या सिंहले जनाएका छन् । डाक्टर सिंहका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तीमा २४ घन्टा अस्पताल राखिनेछ ।

























