काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको तोबियास फ्लुगेर नेतृत्वको जर्मनीको संसदीय प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरेको छ ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीचको सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी तथा नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड शेफेरको उपस्थिति थियो ।