काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ हकले बिदाइ भेट गर्नुभएको छ ।
सो अवसरमा नेपाल र प्रज कोरियाबीच रहिआएको सम्बन्ध, आपसीहित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा नेपाल सरकार तथा कोरियाका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।