काठमाडौँ, नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको भीड बढ्न थालेको छ । उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, शोभा भगवती, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, श्वेतकाली, बज्रयोगिनी, सुन्दरीमाई, दक्षिणकाली, इन्द्रायणीलगायत शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरुको भीड देख्न सकिन्छ ।
उपत्यका बाहिरका शक्तिपीठहरुमा पनि भक्तजनको भीड लागेको छ । उपत्यका बाहिरका पाथीभरा, छिन्नमस्ता, पलाञ्चोक, पाल्चोक र नाला भगवती, चण्डेश्वरी, मनकामना, शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ । नवरात्र देवीको उपासनाका लागि महत्वपूर्ण पर्व मानिन्छ । यस अवसरमा शक्तिपीठमा गई दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, बल, बुद्धि, विद्या र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ ।