नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य युवा नेता योगेश भट्टराईले अनसारत डाक्टर गोविन्द केसी बहुमतप्राप्त कम्युनिस्ट सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको आरोप लगाएका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा सत्याग्रहको आवरणमा सरकारका विरोधी आनदोलन भई रहेको बताए । भट्टराईले अव प्रधानमन्त्रीलाई सत्ता छाड्न भन्ने, प्रधानमन्त्री सत्ता छाड भन्दै माइतीघरमा नारा लगाउने, हाम्रो सत्ता ढाल्न आउनेलाई त्यही किसिमको व्यवहार हुने समेत बताए ।
उनले प्रतिपक्षी कांग्रेसले कुनै एजेन्डा नभेटेर सडकमा जे भेटिन्छ टिप्दै हिँडेको समेत आरोप लागए । नेपाली कांग्रेसलाई सबै मेडिकल कलेजलाई राष्टिय करण गर्ने एजेण्डा हो भनि प्रश्न गरे । उनले डाक्टर केसीको माग विशुद्ध चिकित्सा शिक्षा क्षेत्रको सुधारको भए माइतीघर मण्डलामा अनशन बस्न र सरकारका विरुद्धमा नारावाजी गर्न कुनै जरुरी नभएको पनि दाबी गरे ।
उनले केसी कम्युनिष्ट नेतृत्वको सरकार फाल्ने एजेण्डा लिएर आएको भए नमान्ने भन्दै केसीले वर्तमान सरकारलाई अपदस्थ गर्ने योजना बनाएको हो भने त्यो सफल नहुने पनि दाबी गरे । उनले कम्युनिष्ट नेतृत्वको सरकारले गलत काम गरेको प्रमाण छ भने जनताका बीचमा गएर असफल बनाउन पनि चेतावनी दिए । उनले कुस्ती खेल्ने भए कुस्तीकै भेषमा आउन पनि आग्रह गरे ।




















