नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले डा. गोविन्द केसीको नाममा ‘इमोसनल ब्ल्याकमेलिङ’ भइरहेको बताएका छन् । डा. केसीको जीवन रक्षाको माग गर्दै सांसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा बोल्दै भट्टराईले डा.केसी, गंगामाया अधिकारी र बालकृष्ण ढुंगेलका नाममा ‘इमोसनल ब्याकमेलिङ’ भइरहेको बताएका हुन् ।
डा. केसीलाई सरकारले गैरन्यायिक हिरासतमा राखेको भन्ने गलत भएको उभन्दै उनले भने, ‘उहाँ आफू खुसी जुम्लामा अनसन बस्नुभएको हो । यस्तो झुटो प्रस्ताव संसदमा ल्याएर समय खेर नफालौं ।’ उनले कांग्रेसलाई बचाउन गोविन्द केसी चाहिएको हो ? भनी प्रश्न गरेका थिए ।