सभामुख कृष्णबहादुर महराले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि पारिएका जनताको आवाजलाई संघीय संसदसम्म पु¥याउन पूर्व सांसद समक्ष आग्रह गर्नुभएको छ ।
पूर्व सांसद मञ्च, नेपालद्वारा आयोजित ६० औँ संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा सभामुख महराले संघीय संसद सार्वभौमसत्ता प्रयोग गर्ने उच्चतम थलो भएकाले आवाजविहीन जनताको आवाजलाई संसदसम्म पु¥याउन अपिल गर्नुभएको हो ।
“अझ पनि तल्लो तहका जनताका आवाज संसदसम्म आउन सकेको छैन, त्यसैले संसदभित्र रहेका राजनीतिक दलभन्दा बाहिरका आवाजको सम्बोधनका लागि पूर्वसांसदहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्ने हुन्छ”–महराले भन्नुभयो ।
सभामुख महराले अझै पनि नागरिकका अधिकार कुण्ठित गर्न सक्ने तर्फ गम्भीर हुनुपर्ने भन्दै आम जनताको अधिकार स्थापित गराउनका लागि पूर्वसांसदहरुको सल्लाह सुझाव सधैँ स्वीकार्य हुने बताउनुभयो ।