सोलुखुम्बुको नेचास्थित सल्यानमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान नेचा सल्यानबाट काठमाडाँै जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा उदयपुर सिरिसे–८ बस्ने २१ वर्षीय कुन्साङ तामाङ, सिराहाका ३६ वर्षीय शिवकुमार यादव, ओखलढुंगा मांखाका ४० वर्षीय श्याम कुमार राई रहेका छन् । त्यस्तै, यसैगरी खोटाङ खाल्ले बस्ने २४ वर्षीया कोपिला बस्नेत कार्की, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ बस्ने ३५ वर्षीया उर्मिला बास्तोला र सोही ठाउँकी २५ वर्षीया सुशीला खड्काको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
दुर्घटनामा भिमबहादुर खड्काकी छोरी अन्दाजी ७ वर्षीया बालिका सुष्मा खड्काको अवस्था गम्भीर छ ।
उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ । जीपमा आठ जना सवार रहेको बुझिएको छ । तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ ।