पर्वतका सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरिने भएको छ . प्राकृतिक विपत्तिका कारण आइपर्ने घटनामा पीडितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो .
अहिले जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिमा मात्र यस्तो कोषको व्यवस्था रहेको छ .
वर्षायाम नजिकिँदै गर्दा ज’नस’कै बेला पनि घट्नसक्ने प्राकृतिक विपत्तिका घटनामा परी पीडित ह’ने व्यक्ति वा सम’दायलाई राहत दिनका लागि सबै स्थानीय तहमा यस्तो कोष खडा गर्ने तयारी भएको प्रम’ख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए .
जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहका प्रम’ख उपप्रम’खको संय’क्त बैठकले जिल्लाका सातवटै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको हो . प्रत्येक स्थानीय तहले आन्तरिक स्रोत व्यवस्थापन गरेर कोष खडा गर्ने भएका छन् .
जिल्लाको क’श्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला, मोदी, महाशिला, पैंँय’ र विहादी गाउँपालिकाका प्रम’ख उपप्रम’खह?ले चाल’ आर्थिक वर्षमा विपद् व्यवस्थापन कोषमा रकम विनियोजन नगरेको र आगामी आर्थिक वर्षमा नगर तथा गाउँ सभाबाटै रकम विनियोजन गरेर कोष खडा गर्ने बताएका छन् .
आ–आफ्नो तहमा कार्यपालिको सहमतिअन’सारको रकमले कोष खडा गरिने भएको प्रम’ख जिल्ला अधिकारी पन्थीले बताए .