इन्टरनेशनल कमिसन अफ जुरिस्टस् र अनौपचारिक क्षेत्र सेवा केन्द्रले आज यहाँ आयोजनाा गरेको ‘न्यायका लागि भएका प्रयास’ विषयको गोष्ठीका वक्ताले नेपालमा सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट पीडितलाई न्याय दिनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकारको वकालत गर्दा द्वन्द्वरत दुवै पक्षलाई न्याय दिलाउने प्रयास हुनुपर्ने तथा त्यसका लागि अप्ठयारा कानुन संशोधन हुनुपर्ने र पीडितका आवाजको सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपा ९माओवादी केन्द्र०का नेता एकराज भण्डारीले माओवादीमा लागेर देशमा परिवर्तन ल्याउँछु भनी सक्रिय रहेका कार्यकर्ता अहिले बढी पीडित अवस्थामा रहेको बताउनुभयो । नेपाल बार एशोसिएसनका उपाध्यक्ष उषा मगर पाठकले मानवअधिकारका पक्षमा काम गर्नेहरुले सरकारी तथा विद्रोही पक्षको मानवाधिकारको उल्लङ्घनलाई गम्भीर रुपमा समीक्षा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मानव अधिकारवादी नेता चरण प्रसाईं र अनौपचारिक क्षेत्र सेवा केन्द्रका अध्यक्ष सुबोध प्याकुरेलले सङ्क्रमणकालीन न्याय निरुपणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।