पर्यटक प्रबद्र्धनको लागि नगरकोटबाट व्यवसायिक रुपमा Hot Air Baloon उडान शुरु हने भएको छ । बेलुन नेपाल प्रा.लि.ले चाँडै संचालनमा ल्याउन लागेको उक्त एड्भेन्चर खेलले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने संचालक विक्रम बादेले जानकारी दिए । उक्त व्यवसाय संचालन गर्न करिब ५ करोड लाग्ने बादेले बताए । विश्व सामु नेपाललाई चिनाउन पर्यटकीय भुमिका रुपमा विश्व सामु चिनाउन पनि आफुले पर्यटन प्रबद्र्धनमा जोड दिएको र स्वदशमा नै रोजगारीको श्रृजना गरेर मात्रै देश विकास गर्न सकिने भएकाले पनि यस क्षेत्रमा क्रियाशिल रहेको कम्पनीका प्रबन्ध निर्देशक बिक्रम बादेले बताए । उनी लामो समयदेखि पर्यटन र शिक्षा व्यवसायमा संलग्न छन् ।
सन् १७८४ बाट पहिलो पटक बेलायतबाट यो खेलको शुरुवात भएको हो । र आज विश्वका धेरै पर्यटकीय देशहरुमा यो संचालनमा रहेका छन् । नेपालको सन्दर्भमा भने यो नँया प्रविधि भने होइन आज भन्दा २० बर्ष अगाडी काठमाण्डौको चोभारबाट यो एड्भेन्चर संचालन भएको थियो । विविध कारणले त्यो लामो समयसम्म संचालन हुन सकेन । त्यसैगरी सन् १९९१ मा सगरमाथाको आधार शिविर सम्म यो बेलुन उडाइएको थियो । यो पन्ध्र हजार फिट सम्म उड्न सक्छ । उड्भेन्चर पर्यटकका लागि भने खुशीको कुरा हो । अल्ट्रालाइट, प्याराग्लाईडिङ्गहरु भन्दा पनि मनोरञ्जन लिन सकिन्छ र सुरक्षाको दृष्टिकोणबाट पनि यो अत्यन्तै सुरक्षित छ । बेलुनको साइज हेरेर ४ देखि २० जना सम्म एक पटकमा उडाउन सकिने र नेपाली नागरिकका लागि रु ५ हजार र विदेशीका लागि भने १५० डलर लिइने संचालक बादेले बताए ।