ठेक्का लिएर कार्य निर्धारित समयमा सम्पन्न नगर्दा देश र जनतालाई ठूलो घाटा : मन्त्री घिसिङ
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसम्बन्धी ठेक्का व्यवस्थापनमा देखिने अव्यवस्थाले देशको अर्थतन्त्र र रोजगारीमा ठोस असर पारेको बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजद्वारा ललितपुरमा आयोजित ‘रुग्ण ठेक्का व्यवस्थापन’ विषयक