आयोगद्वारा सेनाको सुरक्षामा नमुना मतपत्र छाप्न सुरु
काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमुना मतपत्र छाप्न सुरु गरेको छ । नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ