बालुवाटारमा गठबन्धनका शीर्ष नेताको मुख्यमन्त्रीहरूसँग छलफल जारी
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू र सातै प्रदेशका मुख्यमन्त्रीको संयुक्त बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष