कांग्रेसले आफूतिर नलागेको झोकमा गृहमन्त्री लामिछानेलाई फसाउन लागेको ओलीको आरोप
धनगढी । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले आफूतिर नलागेको झोकमा गृहमन्त्री रवि लामिछानेलाई फसाउन लागेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल कैलाली शाखाले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्