काँग्रेस केन्द्रीय समितिको बैठक माघ ४ गते
काठमाडौँ, प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक यही माघ ४ गते बस्ने भएको छ । बैठक बिहीबार बिहान ११ः०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने र बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो