कीर्तिपुरमा ‘कीर्तिपुर सिने प्लेक्स’ संचालन
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा अत्याधुनिक र सुविधासम्पन्न मप्टिप्लेक्स फिल्म हल कीर्तिपुर सिने प्लेक्स संचालनमा आएको छ । फिल्म निर्माता तथा वितरक नरेन्द्र महर्जनले संचालनमा ल्याएको हलमा दुई वटा अडिटोरियम छन् । अडिटोरियमको क्षमता दुई सय ८५ सिट रहेको छ ।