नेपाल भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रम बैंककमा
काठमाडौँ । थाइल्याण्डका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले आइतबार राजधानी बैंककमा पदयात्रा कार्यक्रम आयोजना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रचारप्रसार गर्न त्यहाँस्थित नेपाली राजदूतावासद्वारा बैंककस्थित गैरआवासीय नेपाली सङ्घ र थाइ–नेपाली सङ्घको सहयोगमा पदयात्रा आयोजना गरिएको