बंगलादेशमा आएको सितरंग नामक आँधीबाट २४ जनाको मृत्यु
काठमाडौँ । बंगलादेशमा आएको सितरंग नामक आँधीबाट २४ जनाको मृत्यु भएको छ । बंगालको खाडीमा उत्पन्न सितरंग आँधीले तटीय क्षेत्रमा हावाहुरीसँगै भारी वर्षा गराएपछि उनीहरुको मृत्यु भएको हो । आँधीका कारण ८० लाख मानिसहरुमाझ विद्युतको आपूर्ति ठप्प भएको छ ।