५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख आम्दानी गर्दै दीपेश
बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहनुभएको छ । करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट उहाँ मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।