जैविक खेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले गड्यौला मल उत्पादन सुरु गरेको छ। ‘महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य लिएको छ।