म्याग्दीको ग्रामीण भेगमा कोदोखेतीको विस्तार
गलेश्वर । गाउँलेको खान्की भनेर हेपिएको कोदोको माग हिजोआज शहरबजारमा पनि बढेपछि म्याग्दीका ग्रामीण भेगमा कोदोखेती विस्तार भएको छ। पश्चिम म्याग्दीका मालिका, मंगला र धवलागिरि गाउँपालिकामा कोदोखेती थालिएको हो। बजारबाट कोदो खोज्दै गाडी लिएर व्यापारी गाउँ–गाउँमा नै आउन थालेको किसान