लुम्बिनी विमानस्थल पूर्णरुपमा सञ्चालन भए थाई पर्यटकका लागि सहजः अध्यक्ष दाहाल
काठमाडौं । अन्तर-व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुने सिलसिलामा जेनेभा रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच पारस्परिक सम्बन्ध, आपसी हित र साझा चासोका साथै भविष्यमा हनसक्ने सहकार्यबारे छलफल भएको