बाढीले गए राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित
नुवाकोट, बाढीले गए राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन् । पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन् । पुल बगाएपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ