मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, ३१ घाइते
किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु ३१ जना घाइते भएका छन् । आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य ३१ जना घाइते भएको