निर्माण व्यवसायीहरुद्वारा बालुवाटारमा डोजरसहित प्रदर्शन
काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत निर्माण व्यवसायीहरुले डोजरसहित बालुवाटारमा प्रदर्शन गरेका छन् । निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्नेलगायतका ९ बुँदे माग राख्दै नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा डोजरसहित प्रदर्शन गरेका हुन्