त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद, विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुनसहित केही विदेशी नागरिक पक्राउ गरेको बताइएको छ । भन्सार पास भइसकेको सुन सिभिलमा खटिएको प्रहरीले शंका लागेपछि जाँच गरेका थिए ।