भोजपुर । आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको थियो ।
मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिएका छन् ।
घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको उनले बताएका छन् ।