प्रेस चौतारीको दशौँ महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा
काठमाडौँ । प्रेस चौतारी नेपालले दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ भने ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा